पर्वत र आयोजक टोली बन्यो प्रथम एलिट भलिबल कप च्याम्पियन
पाेखरा | बैशाख १, २०८२
पोखरा: पर्वत र आयोजक एलिट भलिबल प्रथम एलिट भलिबल कपको च्याम्पियन बनेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३, नदिपुरमा भएको उक्त प्रतियोगिताको पुरुषतर्फ पर्वत र महिलातर्फ एलिट भलिबल टोली च्याम्पियन बनेको हो ।
पर्वतले पिरामिड कन्ट्रक्सन हङकङलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पर्वतले तेस्रो सेट १७–२५ ले पिरामिड कन्ट्रक्सनलाई सुम्पिएको थियो । चौथो सेटमा २५–२२ को पुनरागमन जित निकाल्दै पर्वतले उपाधि रक्षा ग¥यो । उपाधिसँगै पर्वतले ट्रफीसहित नगद एक लाख हात पा¥यो । फाइनलमा पराजित पिरामिड कन्ट्रक्सन हङकङले ५० हजारमा चित्त बुझाउनुप¥यो ।
महिलातर्फ आयोजक टोली एलिट भलिबलले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पा¥यो । एलिट भलिबलले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ को सहज जित निकाल्यो । एलिट भलिबलले ५० हजारसहित ट्रफी हात पा¥यो । उपविजेता बनेको बागलुङ नगरपालिकाले २५ हजार प्राप्त गरेको छ ।
पुरुषतर्फ सञ्जुविक्रम शाह र महिलातर्फ मिना सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरुषतर्फ वेष्ट सर्भर रेशम छन्त्याल, वेष्ट सेटर विवश आले, वेष्ट ब्लकर सुगम विक, वेष्ट स्पाइकर सन्तोष विक र वेष्ट डिफेन्डर जितबहादर सार्की घोषित भए । महिलातर्फ वेष्ट सर्भर रिक्जना बोटे, वेष्ट सेटर रेविना घर्ति, वेष्ट ब्लकर विष्णु क्षेत्री, वेष्ट स्पाइकर सोइङ थापा र वेष्ट डिफेन्डर काजल श्रेष्ठ बनिन् ।
विजेता, उपविजेतालाई एलिट भलिबलकी प्रशिक्षक अरुणा शाही, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य डा. मधुसुधन सुवेदी, भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङसहितले ट्रफी र मेडल प्रदान गरे ।
आयोजक एलिट भलिबल एकेडेमीकी प्रशिक्षक एवम् राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले यो प्रतियोगिता महिला खेलाडी उत्पादनका लागि कोशेढुंगा हुने विश्वास व्यक्त गरिन् ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

